Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विदेशबाट ल्याइने टीभी र मोबाइलमा भन्सार छुट


    मंगलबार, साउन २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा गएका नेपालीले अब स्वदेश फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् ।

    भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध नेपाली नागरिकले जुनसुकै आकारको एक थान टीभी ल्याउँदा भन्सार छुट पाउने भएका हुन् ।

    कोषमा आवद्ध नभएकाले ३२ इन्चसम्मको टीभी ल्याउँदा भन्सार शुल्क छुट पाउनेछन् । तर, निःशुल्क टीभी ल्याउन कम्तीमा १२ महिना विदेशमा काम गरेको हुनुपर्नेछ ।

    त्यस्तै मोबाइलको हकमा भने ६ महिना काम गरेको हुनुपर्ने व्यवस्था छ । अन्य मोबाइलको भन्सार शुल्क भने आफैंले तिर्नुपर्नेछ । भन्सार शुल्क छुट भएको मोबाइलको एमडीएमएस प्रणालीमा आफैंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने विभागले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार