Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • पर्खाल भत्किँदा काँडाघारीमा १ जना घाइते


    मंगलबार, साउन २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक किशोरी घाइते भएकी छन् । नीरज पोखरेलको घरकाे कम्पाउण्ड पर्खाल भत्किँदा सँगै टहरोमा सुतेकी १७ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन्।

    घाइते भएकी उनलाई उपचारका लागि मिनभवन स्थित सिभिल अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । घर कम्पाउन्डको पर्खाल भत्किँदा सो स्थानमा जग्गा भाडामा लिएर ओखलढुङ्गाका राज कुमार बुढाथोकीले बनाएको टहरो भत्किएको हो । शर्मिला टहरोमा सुतिरहेकी थिइन् ।

    उदयपुर घर भएकी १७ वर्षीय शर्मिला तामाङको टाउकोमा चोट लागेको छ । उनी राज कुमार बुढाथोकीको भान्जी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार