Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


    मंगलबार, साउन २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज मंगलबार पनि सुन–चाँदीको मूल्य घटेको छ।

    अघिल्लो दिन सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार