काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
ऐन आएको थाहा पाएर आमाको नाउँमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको छ। त्यसै गरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तानले नागरिकता पाउन सकेका छैनन्। ऐन बनेपछि जन्मसिद्धका सन्तानले नागरिकता पाउनेबाहेक अन्य प्रकृतिको नागरिकता पाउन सकेका छैनन्।
नियमावली आएपछि आमाको नाउँमा नागरिकता लिन आउनु भनेर कार्यालयले फर्काउने गरेको सेवाग्राहीहरू बताउँछन्। ललितपुर महानगरपालिका १६ का ६५ वर्षीय रुकमणि महर्जनले नेपालमा नै जन्मिएर नेपालमा नै बस्दै आएका आफ्ना ३८ वर्षीय छोरालाई अझै पनि नागरिकता दिलाउन सकेको छैन।
भारतीय नागरिकसंग विवाह गरी नेपालमा बस्दै आएका रुकमणिकोे श्रीमान्को मृत्यु भएको १५ वर्ष भइसक्यो। बुबाको तर्फबाट नागरिकता नलिएका छोराले नागरिकता पाउने आशामा रुकमणि हरेक दिन वडा र जिल्ला प्रशासनमा धाउँदै आएका छन्।
नियमावलीको मस्यौदाको विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्दा साउनको दोस्रो सातासम्म नियमावली तयार भएर आउने गृह मन्त्रालयले जानकारी दिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।
ऐनमा आमाको नाउँमा नागरिकता दिने, मातृत्व र पितृत्व ठेगान नभएको तर नेपाल सरहदभित्र जन्मिएको सन्तानलाई नागरिकता दिने, विदेशीसँग बिहे गरेको नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानलाई नागरिकता दिने, गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने प्रावधान रहेको छ।
यद्यपि, नियमावली तयार भएर नआएकोले यी प्रकृतिको नागरिकता दिन नसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी पण्डितले भने– ‘चाँडै नियमावली आउने प्रतिक्षामा छौं।’ उनका अनुसार ऐनअनुरूप नागरिकता वितरण गर्न साउन दोस्रो सातासम्म नियमावली तयार भएर आउने जानकारी प्राप्त भएको छ । गृह मन्त्रालयले यसअघि भर्चुअल बैठकमार्फत् ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग नियमावलीलगायतका विषयमा छलफल गरेको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend