काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले २ बर्ष अवधि भन्दा बढी समय कार्यरत कर्मचारीको सरुवा गरेको प्रचारबाजी गर्न तल्लीन छन् । तर उनकै मन्त्रालयमा १३ बर्षदेखि कार्यरत उपसचिवलाई भने उनले चलाउन सकेका छैनन् । २०७२ को संविधान जारी हुनुअघि संघीय मामिला मन्त्रालयको नाम स्थानीय विकास मन्त्रालय थियो । स्थानीय विकास मन्त्राललय हुँदादेखिकै शाखा अधिकृत र उपसचिव पनि सामान्य प्रशासनमा कार्यरत छन् ।
मन्त्री मोदीले अरु मन्त्रालय अन्तर्गतका पहुँचबिहीन र अकूत कमाउन नसक्ने शाखा अधिकृत र उपसचिवलाई सरुवा गरेको भन्दै स्टन्टबाजी गरे पनि आफ्नै मन्त्रालयकालाई छुन सकेका छैनन् । निजामती सेवा नियमावली सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत र उपसचिवलाई भने लागू नहुने हो ? यो प्र्रश्नको जवाफ मन्त्री मोदीले दिन सक्नुपर्ने मन्त्रालयका अधिकारी बताउँछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिवहरुमा कमानसिंह थापा मगर बाहेक अरु सबै ३ बर्षभन्दा बढी समयदेखि कार्यरत छन् । तर मन्त्री मोदीले उनीहरुलाई सरुवा गर्न सकेका छैनन् । कतिपय उपसचिव त १३ बर्षदेखि सामान्य प्रशासन मन्त्रालयमै कार्यरत छन् । अरु निकायका सरुवामा पारदर्शीता अपनाएको दाबी गर्ने मोदीले आफ्नै मन्त्रालयभित्रको अपारदर्शीता हटाउन नसकेको आरोप छ । मन्त्री मोदीले २ बर्ष अवधि पुथेका ३४ जना, १४, २७ जना उपसचिव र शाखा अधिकृतहरुको सरुवा गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिमा गरेको समाचार मिडियामा प्रचार गराउने गरेका छन् ।
मन्त्री मोदीले मिडियामा पारदर्शी सरुवा गरेको भ्रम छरेका छन् । तर सामान्य प्रशासन मन्त्रालयाट भित्रभित्रै आर्थिक चलखेलका आधारमा सयौं कर्मचारीको सरुवा गरिएको स्रोत बताउँछ । आर्थिक चलखेलका आधारमा गरिएको सरुवाको सूची नै सार्वजनिक गर्ने हिम्मत मन्त्री मोदीले गर्न सकेका छैनन् । त्यो सूची गोप्य राखिएको छ । उक्त सरुवा सूची सार्वजनिक गर्दा सरुवामा रकम असुली गरेको पर्दाफास हुने भएपछि गोप्य राखिको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् ।
मन्त्री मोदीको सचिवालयका निजी सचिवदेखि स्वकीय सचिव र बिचौलियाले दररेट असुलेर सरुवा गरेकाले पोल खुल्ने भएपछि सरुवा सूची गोप्य राखिएको स्रोत बताउँछ । सामान्य प्रशासन मन्त्रालयले कतिपय आकर्षक कार्यालयका कर्मचारीको सरुवा गर्ने, मन्त्रीका सहयोगीसँग सेटिङ मिलेपछि भोलिपल्टै रद्द गर्ने पनि गरेको स्रोत बताउँछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend