Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाखुसी खोलो सफा गर्दै महानगर, ‘पुरानै स्वरूप’मा फर्काइने तयारी


    आइतबार, साउन २१ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले आजबाट सामाखुसी खोला सफा गर्ने काम सुरु गरेको छ। महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो।

    महानगरले असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको थियो।

    महानगरले स्ल्याब हटाएर सो खोलालाई पुरानै स्वरूपमा फर्काउनेगरी काम भइरहेको बताएको छ। खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फmलामको बार लगाउने तयारी महानगरको रहेको छ।

    सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए। उनी खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएक थिए।

    बेपत्ता भएका ती बालक ११ दिनपछि गत बिहीबार दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा मृत भेटिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार