काठमाडौं। काठमाडौं महानगरले सामाखुशी खोलामाथि रहेको प्रहरी बिट खाली गराएको छ।
काठमाडौं महानगरपालिका-२६ स्थित खोलामाथि बनेको प्रहरी बिट शुक्रबार खाली गरिएको स्रोतले बतायो। प्रहरी बिट खाली गरिएपनि संरचना भने हटाइएको छैन।
काठमाडौं महानगरपालिकाले सामाखुशी खोलालाई पूर्ववत् अवस्थामा फर्काउन असारदेखि स्ल्याब हटाउन सुरू गरेको थियो।
वडा नम्बर ३ र २६ मा भने केही दिनअघि मात्रै स्ल्याब हटाइएको हो। स्ल्याबमाथि नै प्रहरी बिट रहेकाले त्यसलाई पनि हटाउन लागिएको हो।
खोलामाथिको स्ल्याब हटाइएपछि त्यस क्षेत्रलाई सुरक्षित बनाउन खोलाको दुई साइडमा वाल उठाउने र बार लगाउने काम चाँडै नै सुरू हुने छ।
स्ल्याब हटाइएपछि ह्वाङ्गै छोडिएका कारण त्यस क्षेत्रमा दुर्घटना र मानवीय क्षतिको जोखिम बढेको छ।
महानगरले खोलाकै छेउमा बनेका घरहरू पनि भत्काउने तयारी गरेको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend