काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र मुलुकसँग राष्ट्रिय हितसँग सम्बन्धित जायज विषय राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने टिप्पणी गरेका छन्।
पार्टीको परराष्ट्र मामिला विभागले आज शनिबार काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई ठूला मुलुकको बीचमा नेपाल रहेको र दुबै मुलुकसँग राष्ट्रिय हितसम्बन्धी जायज मागरहरू निर्धक्क भएर राख्नुपर्ने बताए।
‘हाम्रा दुइ छिमेकी ठूला छन्, सीमानाको समस्या छिमेकीसँग हुन्छ। अर्जेन्टिना या चिलिसँग सिमानाको समस्या हुँदैन,’ उनले भने, ‘छिमेकी मित्रसँग जायज हितबारे बोलन सक्दैनौ भने त्यस्तो सरकार र सत्ताको के अर्थ भयो?’
उनले मुलुकको हितबारे कुरा राख्नै नसक्ने भए डेलिगेसन जानुको पनि अर्थ नहुने बताए। अहिले मुलुकको नेतृत्व गरिरहेकाहरूसँग राष्ट्रिय हित भन्दा सत्ता स्वार्थ प्रधान भएको पनि उनको आरोप छ।
दुई मुलुकहरूको सम्बन्ध एकअर्काको भलोकै लागि हुने उनले बताए। त्यसो हुँदा अरुका हित बिर्सन हुन्न। अरूको जायज हितलाई पनि ध्यान दिनुपर्छ। पारस्परिक सम्बन्ध नहेरि राष्ट्रिय हितमात्रै हेरियो भने ठिक हुँदैन,’ उनले भने।
ओलीले नेपालले असंलग्न परराष्ट्र नीतिलाई डगमगाउन दिन नहुने बताए। अन्य मुलुकहरूमा भएका विभिन्न विषयमा भारत बरू चुप लागेको तर नेपालले एउटाको पक्ष लिएर गलत गरेको उनले बताए।
‘साँढे लडेको ठाउँमा पछाडिबाट गए बाच्छाले घुँडा धसेजस्तो गर्यो। हामी तटस्थ हुँदा सबैसँग कुरा गर्न सक्छौं। आगोमा आगो थपेर आगो निभ्दैन। कुराको छेस्को थपेर कुनै काम छैन,’ उनले भने।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend