काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र मुलुकसँग राष्ट्रिय हितसँग सम्बन्धित जायज विषय राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने टिप्पणी गरेका छन्।
पार्टीको परराष्ट्र मामिला विभागले आज शनिबार काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई ठूला मुलुकको बीचमा नेपाल रहेको र दुबै मुलुकसँग राष्ट्रिय हितसम्बन्धी जायज मागरहरू निर्धक्क भएर राख्नुपर्ने बताए।
‘हाम्रा दुइ छिमेकी ठूला छन्, सीमानाको समस्या छिमेकीसँग हुन्छ। अर्जेन्टिना या चिलिसँग सिमानाको समस्या हुँदैन,’ उनले भने, ‘छिमेकी मित्रसँग जायज हितबारे बोलन सक्दैनौ भने त्यस्तो सरकार र सत्ताको के अर्थ भयो?’
उनले मुलुकको हितबारे कुरा राख्नै नसक्ने भए डेलिगेसन जानुको पनि अर्थ नहुने बताए। अहिले मुलुकको नेतृत्व गरिरहेकाहरूसँग राष्ट्रिय हित भन्दा सत्ता स्वार्थ प्रधान भएको पनि उनको आरोप छ।
दुई मुलुकहरूको सम्बन्ध एकअर्काको भलोकै लागि हुने उनले बताए। त्यसो हुँदा अरुका हित बिर्सन हुन्न। अरूको जायज हितलाई पनि ध्यान दिनुपर्छ। पारस्परिक सम्बन्ध नहेरि राष्ट्रिय हितमात्रै हेरियो भने ठिक हुँदैन,’ उनले भने।
ओलीले नेपालले असंलग्न परराष्ट्र नीतिलाई डगमगाउन दिन नहुने बताए। अन्य मुलुकहरूमा भएका विभिन्न विषयमा भारत बरू चुप लागेको तर नेपालले एउटाको पक्ष लिएर गलत गरेको उनले बताए।
‘साँढे लडेको ठाउँमा पछाडिबाट गए बाच्छाले घुँडा धसेजस्तो गर्यो। हामी तटस्थ हुँदा सबैसँग कुरा गर्न सक्छौं। आगोमा आगो थपेर आगो निभ्दैन। कुराको छेस्को थपेर कुनै काम छैन,’ उनले भने।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend