काठमाडौँ। छोरी जन्माउने आमालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ।
चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन्।
‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ। त्यसलाई रोक्न हामीले बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका छौं, यसले भ्रुण चेक गर्ने अपराध कम हुने अपेक्षा राखेका छौं,’ उनले भनिन्।
उनका अनुसार नगरपालिका भित्र अहिले पनि सानै उमेरमा विवाह गर्ने र त्यसैमाथि छोराको आशमा पटक-पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर परेको छ। बालिका प्रोत्साहन कार्यक्रमले बालविवाह पनि कम हुने नगरपालिकाले अपेक्षा राखेको छ।
बालिका प्रोत्सान कार्यक्रममा आमाको नागरिकता, विवाह दर्ता, छोरीको जन्मदर्ता लगायतका कागजात र अन्य सबै प्रक्रिया पुरा गरेर खाता खोलिने छ।
छोरी जन्माउने आमालाई उनीहरूले खोलेको खातामा दुई हजार रकम नगरपालिकाले उपलब्ध गर्ने उपप्रमुख रानाले बताइन्।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend