Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा हत्कडीसहित फरार व्यक्ति पक्राउ


    शुक्रबार, साउन १९ २०८०
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बारा । फरार रहेका बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार हुन सफल भएका थिए । प्रहरीले लामालाई पक्राउ गर्न बारा प्रहरीले ठूलो मात्रामा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न ईलाका प्रहरी कार्यालय निजगढ आउने क्रममा उनीलाई प्रहरीले पकाउ गरेको हो ।

    दुई दिनअघि लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङ्गसहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङ्गामुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

    छापामारी पछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङ्गल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो। उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो ।

    लामा वन्यजन्तुको सिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हातहतियार र वन्यजन्तु ओसारपसारविरुद्ध कार्वाही हुने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार