Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे रिहा


    बिहिबार, साउन १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् । जिल्ला अदालत काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको हो ।

    पाण्डेले प्रमाण लोप गर्ने सम्भावना नभएको भन्दै म्याद थप गर्न अदालतले अस्वीकार गरेको हो । अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको प्रहरीले जनाएको छ ।

    पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए । उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार