काठमाडौं । सन्दीप लामिछाने आबद्ध सर्रे जगुवार्सले ग्लोबल टी २० क्यानडामा जित निकालेको छ । सन्दीप विकेटविहीन बनेको यो खेलमा सर्रे ६ विकेटले विजयी भएको हो ।
टस जितेर पहिला बलिङ गरेको सर्रेलले ब्राम्पटन वुल्भ्सलाई १२८ रनमा रोकेको थियो । वुल्भ्सका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ३४ रन बनाउँदा आरोन जोनसन, मार्क च्यापमान र नितिश कुमारले समान १४–१४ रन बनाउँदा उस्मान खानले १३ रन बनाएका थिए ।
सर्रेका लागि अमर खलिद, म्याथ्यु फोड र आयान खानले दुई दुई विकेट लिए । सन्दीपले ३ ओभर बलिङ गर्दा २५ रन दिए पनि विकेट लिन भने असफल रहे ।
१२९ रनको लक्ष्यसहित मैदान उत्रिएको सर्रेले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । लिटन दासले ५९ रनको अर्धशतकीय पारि खेल्दा कप्तान इफ्तिकर अहमेदले नटआउट ३८ रन जोडेका थिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend