Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो


    मंगलबार, साउन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डौ। आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।

    हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार