काठमाडौं । काठको परिमाण गणना गर्ने पछिल्लो फर्मुला हुबर परिवर्तन गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ । संघीय वन तथा वातावरण मन्त्रालय र सबै प्रदेशका वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्रालयबीचको आइतबारको बैठकले हुबर फर्मुला परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो। परिवर्तनको निर्णय भने गरिएको छैन ।
वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बैठकले हुबर फर्मुला परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए। उनका अनुसार यो अन्तिम निर्णय भने होइन । अझै अन्य सरोकारवाला निकायवीच छलफल गरेर मात्र अन्तिम निर्णय हुनेछ।
उनले कानुन मन्त्रालय र अर्थ मन्त्रालयसँग राय लिन बाँकी रहेको जानकारी दिए। बैठकमा नयाँ र पुरानो फर्मुला लगाउने विषयमा राय बाझिएको थियो । स्रोतका अनुसार बैठकमा वागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले नयाँ फर्मुला नै लागु गर्न उचित हुने धारणा राखेका थिए।
यस्तै, अन्य प्रदेशका वन तथा वातावरण क्षेत्र हेर्न मन्त्रालयका सचिव मौन बसेका थिए भने रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनी, वनस्पति विभागका महानिर्देशक राजेन्द्र केसी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धु ढुंगाना, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्यसचिव मेघनाथ काफ्लेले पुरानै फर्मुला लागु गर्नुपर्नेमा जोड दिएका थिए।
वन नियमावली २०५१ ले क्वाटर गर्भ फर्मुला कायम गरेको छ । तर, २०७९ मा आएको नियमावलीमा हुबर लागु गरिएको छ । नयाँ फर्मुलाबाट काठ मापन गर्दा काठको आयतन बढी निस्कने गरेको छ। यो फर्मुला लागु भएपछि एक वर्षदेखि उद्योगीहरुले काठ किन्न छाडेका थिए । यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend