Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु, ५० घाइते


    आइतबार, साउन १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको ज्यान गएको छ। खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सम्मेलनस्थलमा बम विस्फोट हुँदा उनीहरुको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

    बम विस्फोटमा ५० जना घाइते भएको बताइएको छ । खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् । उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार