काठमाडौ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाैदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक वर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
तीन वर्षभित्र काम सक्नेगरी महालक्ष्मि लोकप्रिय निर्माण कम्पनीले २०७६ सालमा काम थालेको थियो । तीन बर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्नभई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए ।
उक्त पुल भत्किएको दुई वर्षसम्म निर्माण कम्पनीले काम नथालेपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधिहरु डेलिकेशनका लागि आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गरेका छन्।
‘निर्माण कार्य थालिएको १२ बर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक बर्षभित्र सिध्याउनुपर्दछ’ मन्त्री ज्वालाले भने ‘दिर्घ रोगी योजनामाथी एक्शन थालिसकेका छौ, कमला र जब्दीघाटको काम शुरु भइसकेको छ, त्रियुगाको एक वर्षभित्र सक्नु पर्दछ ।’ मन्त्री ज्वालाले त्रियुगाको पुल एक बर्षभित्र सक्नेमा ढुक्क रहन आग्रह समेत गरेका छन्।
कार्यबहाक सचिव अर्जुन थापाले क्रानिकरुपमा रहेका पुलहरु अब बन्नेक्रममा रहेको बताए । ‘देशभर साढे चार हजार पुलहरुको निर्माण कार्य चलिरहेको छ, त्रियुगा, कमला र जब्दीघाट तीन पुलमात्र समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिकरुपमा खोजिसकेका छौ ।’
उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल बर्षाैदेखि अलपत्र छ । अलपत्र पुलका बिषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, नीजि सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । यस पुलको निर्माण कार्य ६७ साल हुनुपर्नेमा अन्यथा भएको रहेछ ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend