Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज सुनको मूल्य बढ्यो


    आइतबार, साउन १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। यसदिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ ।

    यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार