Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन काण्डबारे रविको प्रश्न–मालिकसम्म पुग्न नदिई भरिया किन बाटोमै समातियो ?


    शनिबार, साउन १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो ? भनी प्रश्न उठाएका छन् ।

    रास्वपा भक्तपुरको भेलालाई आज सम्बोधन गर्दै सभापति लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

    सभापति लामिछानेले भने–सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ,भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला,गन्तव्यमा पुग्थ्यो होला । सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला, बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार