Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अष्ट्रेलियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चारजना बेपत्ता


    शनिबार, साउन १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। अष्ट्रेलियाको क्विन्सल्याण्डमा गएराति सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चारजना बेपत्ता भएका छन्।

    लिण्डम्यान द्वीपमा भइरहेको अमेरिकी सेना र अस्ट्रेलियाली सेनाबीचको संयुक्त सैन्य अभ्यासका क्रममा दुर्घटना भएको हो।

    अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले दुर्घटनालगत्तै खोजी र उद्धारकार्य जारी रहेको बताएका छन्।

    अष्ट्रेलिया र अमेरिकाबीच भइरहेको सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासका क्रममा एमआरएच–९० ताइपान हेलिकोप्टर दुर्घटनामा परेको स्रोतले जनायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार