काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।
अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ ।
शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend