Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड इटालीबाट फर्किए


    शुक्रबार, साउन १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी भई उनी पुन:स्वदेश फर्किएका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते प्रचण्ड त्यसतर्फ गएका थिए ।

    प्रधानमन्त्रीको स्वागतमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका थिए ।

    उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका थिए ।

    साथै, सो क्रममा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबी भेटवार्तासमेत भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार