Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे


    बिहिबार, साउन ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मार्दा बरामद गरेको ठूलो परिमाणको ब्रेक शुमा पनि सुन नै भेटिएको छ।

    विभागले हिजो बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको स्रोतले जानकारी दियो ।

    विभागले ६६ कार्टुनबाट ११ सय ६२ थान ब्रेक शु बरामद गरेको हाे । जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्रोतले जनायो ।

    यही साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको थियो ।

    उक्त बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार