Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भेपमार्फत सुन तस्करी प्रकरण: चिनियाँ नागरिकका ड्राइभर पक्राउ


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकेन्द्र कुमार पौडेल छन् ।

    यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले थुनामा छन् । अहिले पक्राउ गरिएका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका चालक हुन् ।

    ती दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए ।

    उक्त सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ । प्राप्त कल डिटेल्स रेकर्ड अनुसार वाङ र राहुल बिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भेप जफत गरेपछि ‘लिलामी’ गराउन राहुल निकै लागिपरेको विमानस्थल भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार