Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी २० विश्वकपको एसिया छनोट कार्त्तिकमा हुने


    बिहिबार, साउन ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । टी २० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एसियाली क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने अधिकार नेपाललाई दिएको छ ।

    आईसीसीले एसियाली क्षेत्रको छनोट प्रतियोगिताको मिति पनि सार्वजनिक गरेको छ । छनोट प्रतियोगिता आगामी कार्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहने छ ।

    प्रतियोगितामा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, हङ्कङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टोलीको भने टुङ्गो लाग्न बाँकी छ । छनोट प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार