Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य तोला ५ सय रुपियाँले बढ्यो, कतिमा हुँदैछ किनबेच?


    बुधबार, साउन १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य उकालो लागेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको जानकारी दिएको छ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार