Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाले भन्यो- सुन प्रकरणमा संसदमा एमालेको पछि लाग्दैनौं


    बुधबार, साउन १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अवैध सुन प्रकरणका सन्दर्भमा अनुसँनधान जारी रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा नबोल्ने बताएको छ।

    ‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ ।

    तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन्,’ प्रमुख सचेतक परियारले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार