Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेम चलाउने आक्रमणको मुद्दा छिटो टुंग्याउन सर्वोच्चको आदेश


    मंगलबार, साउन ९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ। न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउनेमाथि आक्रमणको घटनाका आरोपितविरुद्धको मुद्दा अंग पुगिसकेको भन्दै छिटो टुंगो लगाउन आदेश दिएको हो ।

    त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि तीन वर्षअघि विश्वविद्यालय हाताभित्र नेविसंघका नेताहरुले आक्रमण गरेका थिए । उक्त घटनामा नेविसंघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

    उच्च अदालतको आदेशमा आरोपितहरु धरौटीमा छुटेपछि सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले सोही मुद्दामा सुनुवाइ गरेको हो ।

    सर्वोच्चले आक्रमणबाट पीडित चलाउनेलाई एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन पनि आदेश दिएको छ । आरोपितहरुमध्ये सयुज श्रेष्ठ र रविन कुमार लामाले क्षतिपूर्तिको रकम नदिएको भन्दै सर्वोच्च अदालतले उनीहरुलाई पक्राउ गर्न वा सम्पत्ति रोक्का राख्न आदेश दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार