Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरबाट दुई व्यापारी पक्राउ


    आइतबार, असोज ४ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले प्याजको कालोबजारी गरेको आरोपमा दुई व्यापारीलाई पक्राउ गरेको छ ।

    विराटनगर गुद्री बजारमा ४७ रुपैयाँमा खरिद गरेको प्याज १०० रुपैयाँमा बिक्री गरेको आरोपमा विराटनगर महानगरपालिका-९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार विजयकुमार योगेश पसल सञ्चालन गर्दै आएका गुप्ता र तनिसा ट्रेडर्स पसल सञ्चालन गर्दै आएका सहनीले ४७ रुपैयाँ प्रतिकेजी खरिद गरेको प्याज एकसय रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको पाइएको हो ।

    कालोबजारीको सूचना पाएपछि ग्राहक बनेर गएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी राईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार