Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै


    सोमबार, साउन ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमबार)संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्ने भएका छन् ।

    इटालीको रोममा भइरहेको राष्ट्रसंघीय सम्मेलनको साइडलाइनमा प्रचण्डले गुटेर्रेस र हसिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डसँग खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री दाहालले रोममा रहँदा मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार