Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिममा सरकार विस्तारको तयारी


    सोमबार, साउन ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी भइरहेको छ । सात महिना देखि मन्त्रीविहीन रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको हो।

    नागरिक उन्मुक्ति पार्टीलाई उक्त मन्त्रालय दिने सहमति भइसकेको छ । तर, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।

    आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई र कैलाश चौधरीलाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार