Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुदूरपश्चिम सरकारमा सहभागी हुने नाउपाको निर्णय


    बिहिबार, बैशाख २८ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

    टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको बताइएको छ ।

    नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरुले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका थिए । नाउपाले सामाजिक र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री र प्रदेशसभाको सामाजिक विकास समितिको सभापति पाउनुपर्ने माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार