Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले अध्यक्ष ओलीले गरे कम्बोडियाको निर्वाचन पर्यवेक्षण


    आइतबार, साउन ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् । आज भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले त्यहाँको कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो ।

    निर्वाचन पर्यवेक्षणका लागि ओली आइतबार बिहान ६ बजे कोर्क प्रावि मतदान केन्द्र पुगेका थिए । कोर्क मतदान केन्द्रमा अध्यक्ष ओलीको उपस्थितिमा त्यहाँका एक ९२ वर्षीय नागरिकले मतदान गरेका छन् ।

    कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताहरुले १२५ जना विधायकहरु निर्वाचित गर्दै छन् । निर्वाचनका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरुमार्फत मतदान भएको छ । कम्बोडियाको निर्वाचनका लागि विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक पर्यवेक्षणमा सहभागी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार