काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् । आज भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले त्यहाँको कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो ।
निर्वाचन पर्यवेक्षणका लागि ओली आइतबार बिहान ६ बजे कोर्क प्रावि मतदान केन्द्र पुगेका थिए । कोर्क मतदान केन्द्रमा अध्यक्ष ओलीको उपस्थितिमा त्यहाँका एक ९२ वर्षीय नागरिकले मतदान गरेका छन् ।
कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताहरुले १२५ जना विधायकहरु निर्वाचित गर्दै छन् । निर्वाचनका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरुमार्फत मतदान भएको छ । कम्बोडियाको निर्वाचनका लागि विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक पर्यवेक्षणमा सहभागी भएका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend