Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं आएका चिनियाँ नेतासँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल संवाद


    आइतबार, साउन ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन जियाजुनले भर्चुअल माध्यमबाट संवाद गरेका छन्। चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपालको तीन दिने भ्रमणमा रहेका जियाजुनले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट संवाद गरेका हुन् ।

    संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन्। भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार