Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा दुई नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन जनालाई जन्मकैद


    आइतबार, साउन ७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। उत्तर प्रदेशको विशेष अदालतले नेपालका दुई नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

    न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५ हजार भारतीय रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् ।

    उनीहरुलाई प्रोटेक्सन अफ चिन्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस (पोस्को) लगायत विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।

    वकिल पवनकुमार शुक्लाकाअनुसार चार जनाविरुद्ध हरैया प्रहरी चौकीमा सन् २०२२ को जुन २६ मा उजुरी दर्ता भएको थियो । नेपाल र भारतको सीमामा रहेको बजारमा सामान किन्न आएका दुई नाबालिगमाथि चार जना मिलेर सामूहिक बलात्कार गरेका थिए ।

    प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार