Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • संविधान दिवसको अवसरमा रौतहट कारागार बाट ५ जना कैदीबन्दी रीहा


    शनिबार, असोज ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । संविधान दिवसको अवसरमा रौतहट कारागार गौर बाट ५ जना कैदीबन्दी रिहा भएका छन । देशभरीको ५९४ जना कैदीलाई रिहागर्ने मन्त्रिपरिषदले गरेको निर्णय अनुसार शनिवार रौतहट कारागार गौरबाट ५ जना कैदीबन्दी रिहा भएको हो ।

    रिहा हुनेमा २ जना ज्यानमार्ने उधोग,२ जना सवारी ज्यान र १ जना कृते मुद्धामा सजाय काटीरहेका कैदीरहेको गौर कारागारका निमित जेलर सम्भुप्रसाद यादवले जानकारी दिए ।

    जिल्ला अदालत गौरले कसुर ठहरगरी पाँचैजनालाई छुटा छुटै ईजलासले तोकेको सजायको आधा ५० प्रतिसत भुक्तानी गरीसकेको जेलर यादवले जानकारी दिएका छन्। पाँचै जना पुरुष कैदीबन्दीलाई एक कार्यक्रमको आयोजना गरेर रिहा गरिएको जिल्ला कारागार गौरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार