Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण रहेको अर्थमन्त्रीको दाबी


    बुधबार, साउन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किने क्रममा मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

    उनले जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक रहेको दाबी गरे । सम्मेलनमा ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको उनले बताए ।

    जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाएको, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भएको र भारतीय उद्योगीसँगको छलफललाई उनले मुख्य उपलब्धि मानेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार