काठमाडौं । बन्दाबन्दीको अवधिमा कम्पनी रजिस्ट्रारको कार्यालयमा पाँच हजार ७७ वटा कम्पनी दर्ता भएका छन् । गत बर्षको तुलनामा यो आठ हजार दुईसय ६० कम हो । गतबर्ष चैत्रदेखि भदौको अन्तिमसम्म १३ हजार पाँचसय ३७ वटा कम्पनी दर्ता भएका थिए भने यो साल पाँच हजार ७७ वटा कम्पनी दर्ता भएका छन् । बन्दाबन्दीमा कार्यालय खुले पनि सेवाग्राही आउनलाई सहज नभएका कारण गत बर्षको तुलनामा यो बर्ष कम्पनी दर्तामा कमि आएको कम्पनी रजिस्ट्रारको कार्यालयका प्रवक्ता तुल्सीराम गैरे बताउनु हुन्छ । कोरोना महामारीले हर क्षेत्रमा पारेको असरबाट कम्पनी रजिस्ट्रार कार्यालय पनि अछुतो रहेन ।
गतबर्ष दर्ता भएका कम्पनीको संख्या र यो बर्ष दर्ता भएका कम्पनीको संख्या बिस्तृतमा


कम्पनी रजिस्ट्रार कार्यालयको रेकड अनुसार गतबर्षको तुलनामा यो साल आठ हजार दुईसय ६० वटा कम्पनी दर्ता कम भएको देखिन्छ ।
कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग मन्त्रालय अन्तर्गत २०४९ साल माघ महिनामा स्थापित विभागस्तरीय कार्यालय हो । यो कार्यालय स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्वन्धी कार्यहरु विभिन्न निकायहरु उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो ।