Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतविरुद्ध जासुसीको आरोपमा नेपाली युवासहित तीन जना पक्राउ


    शनिबार, असोज ३ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारतविरुद्ध जासुसी गरेको आरोपमा नेपाली युवासहित तीन जना पक्राउ परेका छन्। दिल्ली प्रहरीले जासुसीको अभियोगमा एक नेपाली पुरुष र चिनियाँ महिलासहित एक स्वतन्त्र पत्रकारलाइ पनि पक्राउ गरेकाे छ।

    भारतीय सञ्चार माध्यमका अनुसार  उनीहरुविरुद्ध जासुसीको जालो खडा गरेर स्वतन्त्र पत्रकार राजीव शर्मामार्फत काम गरेको आरोप छ । यसअघि १४ सेप्टेम्बरमा सुरक्षा तथा विदेश मामिला हेर्ने भारतीय पत्रकार शर्मालाई दिल्लीस्थित स्पेशल सेलले पक्राउ गरेको थियो ।

    उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल सेट, ल्यापटपसहितका महत्वपूर्ण सामाग्रीहरु बरामद गरिएको प्रहरीको भनाई छ । बरामद गरिएका मोबाइल तथा ल्यापटपलाई रिकभर गरेर थप अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

    उनीविरुद्ध सुरक्षा दृष्टीले महत्वपूर्ण दस्तावेजहरुको जासुसी गरेको अभियोग थियो । प्रहरीका अनुसार नेपाली युवाले ती दस्तावेजहरु चिनियाँ महिलालाई उपलब्ध गराउने गरेका थिए । त्यसबापत उनीहरुमार्फत ती पत्रकारले राम्रो रकम पनि पाउने गरेका थिए । 

    प्रहरीले पक्राउ परेकी चिनियाँ महिला र नेपाली पुरुषको नाम भने सार्वजनिक गरेको छैन । स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेका थिए । त्यही कम्पनी मार्फत कारोबार भइरहेको थियो । चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६–२०१८ बिचका दस्तावेज दिएको डीसीपी यादवको दावी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार