Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामूहिक बलात्कार गर्ने अभियुक्त पक्राउ


    शनिबार, असोज ३ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । प्रहरीले जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादीलाई ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३ मसुरियाका २८ बर्षीय अनिल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रहरीका अनुसार घर्तीलाई सर्वोच्च अदालतले २०७३ साल भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० बर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो ।

    तर उनी फरार रहेकोमा शुक्रवार बिहान साढे ६ बजे प्रहरीले सोही वडाको पाखापानीमा लुकीछिपी हिडीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार