Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ७ सय ११ काेराेना संक्रमित थपिए


    शनिबार, असोज ३ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् ।  

    काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाडौंमा मात्र ५ सय ७० संक्रमित भेटिएका छन् । भक्तपुरमा ३ र ललितपुरमा ५८ जनामा कोरोना पुष्टि भएको छ । 

    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ संक्रमित पुगेका छन् । 

    यसअघि शुक्रबार काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना देखिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार