काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका,लेले भञ्जाङ सौराहामा हाइटेन्सनलाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । आज बिहान बाटोमा हिँड्दै गरेका ललितपुर गोदावरी नगरपालिका वडा नम्बर पाँच लेले भञ्जाङ सौराहाका स्थानीय राजु तामाङको हाइटेन्सनलाइनको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
२६ वर्षीय तामाङ बिहानपाँच बजे बाटोमा हिँड्दै गर्दा तार चुँडिएको स्थानीयको भनाई छ। विद्युत प्राधिकरणले उक्त क्षेत्रमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सनलाइनलाई व्यवस्थित नगर्दा मानवीय क्षति भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
विद्युत प्राधिकरण ललितपुर शाखामा पटक पटक हाइटेन्सनलाइन व्यवस्थित गर्न तथा रुख कटानका लागि स्थानीयले आग्रह गर्दा व्यवास्था गरेको कारण घटना घटेको स्थानीय यादव महतले बताए।
उनले भने,‘११हजार भोल्टेजको हाइटेन्सनलाइन यो क्षेत्रमा अव्यवस्थित रुपमा छ। बिहान पाँच बजे बाटोमा हिँडिरहेका राजुको मृत्यु भयो। पटक पटक तार चुँडिने लगायतका घटना हुँदै आएको छ।स्थानीयले बारम्बार त्यसको व्यवस्थापनको लागि विद्युत प्राधिकरणलाई आग्रह गर्दा पनि प्राधिकरणले वेवास्ता गर्दै आएको छ।’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend