काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो। ८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० नकटेका युवाहरूको साथले कांग्रेसमा नीति र थिति बस्नेछ भन्ने विश्वास सबैमा थियो। तर महाधिवेशन भएको डेढ वर्षमा कांग्रेसमा थिति बसाउने त परको कुरा, नीतिसमेत स्पष्ट छैन।
१०४ वर्ष लामो राणाशासन अन्त्य भएदेखिका सबै राजनीतिक तथा सामाजिक आन्दोलनहरूको नेतृत्व कांग्रेसले गर्दै आएको छ। संविधानसभाबाट संविधान जारी गर्नेदेखि तीनै तहको निर्वाचन गराएर संविधान कार्यान्वयनसम्मको नेतृत्व कांग्रेसले गरेको थियो। तर त्यसपछिका दिनमा कांग्रेस नीतिगत रूपमा कहाँ जाने र कोसँग सहकार्य गर्ने भन्नेमा अलमलिएको र दुविधामा परेको देखिएको छ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष नेताहरू माओवादी केन्द्रलगायत दलसँग चुनावी तालमेल र सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। इतर पक्षका केही नेता त्यसको विपक्षमा उभिँदै आएका छन्। उनीहरूले निर्वाचनअघिको तालमेल आवश्यक नरहेको स्पष्ट पार्दै आगामी दिनमा त्यसो नगर्ने बताउँदै आएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend