Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेरो नियुक्तिको माग राखी सडकमा भीडभाड नगरिदिनुहोस्ः कुलमान घिसिङ


    शनिबार, असोज ३ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट भदौ २९ मा कार्यकाल पूरा गरी निबृत्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् ।

    शनिबार सामाजिक संजालमा घिसिङले लेखेका छन्–‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।

    प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकोेले यसलाई हामी सबैले आत्मसात गर्नैपर्छ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

    विश्वब्यापी रूपमा फैलिएकोे कोभिड–१९ का कारण नेपाल आक्रान्त भएकोे बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने भन्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रर्दशन नगरिदिनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार