Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल भारत ए सँग ९ विकेटले पराजित


    सोमबार, साउन १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।

    भारतका ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भएका थिए । उनलाई नेपाली टीमका कप्तान रोहित पौडेलले क्याच आउट गराएका थिए । टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार