काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा आन्तरिक विवादले उग्ररुप लिएपछि दुई समूहबीच कुटपिट भएकाे छ ।
नेतृत्वकाे विषयमा हानथाप भइ दुई पक्ष कुटाकुटमा उत्रेपछि उक्त विषयमा एक-अर्का समूहले कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा पुगेको रास्वपा रूपन्देहीको यस विवादमा इलाका प्रहरी कार्यालय बुटवलले दुवै पक्षबीच मेलमिलाप गराएको छ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीले आफूहरूमाथि रास्वपा सैनामैनाका र्यापिड एक्सन टिमका संयोजकसमेत रहेका दामोदर खत्रीले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
घिमिरे नेतृत्वको टिमले आफूविरूद्ध प्रहरीमा उजुरी दिएपछि खत्रीले गत शनिबार पत्रकार सम्मेलन गरी उक्त समूहले आफूमाथि कुटपिट गरी उल्टै आफूविरूद्ध नै उजुरी दिएको दाबी गरेका थिए।
कार्यालयमा उजुरी परेपछि आइतबार छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय बुटवलले दुबै पक्षलाई मेलमिलाप गरी पठाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आइतबार भएको छलफलपछि मेलमिलाप गराएर पठाइएको बताए।
‘कार्यालयमा उजुरी गरेजस्तो र मिडियामा भनिएजस्तै दुबै पक्षका व्यक्तिहरूलाई कुटपिट गरिएको कुनै चोट पटक वा डामसमेत देखिएको थिएन, छलफलमा पनि दुबै पक्षले घटनालाई सामान्य रूपमा लिई मिलेर जाने भनेपछि मेलमिलाप गराएर पठाइएको हो,’ थापाले भने।
रास्वपा रूपन्देहीका जिल्ला संयोजक प्रकाश ज्ञवालीले भने खत्रीले घिमिरे र तिवारीलाई कुटपिट गरेको स्वीकार गर्दै आगामी दिनमा उक्त कार्य नदोहोर्याउने भनेपछि सहिती जुटेको बताए।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend