काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा आन्तरिक विवादले उग्ररुप लिएपछि दुई समूहबीच कुटपिट भएकाे छ ।
नेतृत्वकाे विषयमा हानथाप भइ दुई पक्ष कुटाकुटमा उत्रेपछि उक्त विषयमा एक-अर्का समूहले कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा पुगेको रास्वपा रूपन्देहीको यस विवादमा इलाका प्रहरी कार्यालय बुटवलले दुवै पक्षबीच मेलमिलाप गराएको छ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीले आफूहरूमाथि रास्वपा सैनामैनाका र्यापिड एक्सन टिमका संयोजकसमेत रहेका दामोदर खत्रीले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
घिमिरे नेतृत्वको टिमले आफूविरूद्ध प्रहरीमा उजुरी दिएपछि खत्रीले गत शनिबार पत्रकार सम्मेलन गरी उक्त समूहले आफूमाथि कुटपिट गरी उल्टै आफूविरूद्ध नै उजुरी दिएको दाबी गरेका थिए।
कार्यालयमा उजुरी परेपछि आइतबार छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय बुटवलले दुबै पक्षलाई मेलमिलाप गरी पठाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आइतबार भएको छलफलपछि मेलमिलाप गराएर पठाइएको बताए।
‘कार्यालयमा उजुरी गरेजस्तो र मिडियामा भनिएजस्तै दुबै पक्षका व्यक्तिहरूलाई कुटपिट गरिएको कुनै चोट पटक वा डामसमेत देखिएको थिएन, छलफलमा पनि दुबै पक्षले घटनालाई सामान्य रूपमा लिई मिलेर जाने भनेपछि मेलमिलाप गराएर पठाइएको हो,’ थापाले भने।
रास्वपा रूपन्देहीका जिल्ला संयोजक प्रकाश ज्ञवालीले भने खत्रीले घिमिरे र तिवारीलाई कुटपिट गरेको स्वीकार गर्दै आगामी दिनमा उक्त कार्य नदोहोर्याउने भनेपछि सहिती जुटेको बताए।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend