Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बगाएको २८ दिनमै हेवाखोलामा नयाँ पुल निर्माण, आजदेखि यातायात सुचारु


    आइतबार, असार ३१ २०८०
    5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आजदेखि पूूर्णरुपमा सञ्चालनमा आएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

    ३ असारमा आएको बाढीले मेची राजमार्ग अन्र्तगतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो । पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए । मन्त्रीले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको छ ।

    निरन्तरको बर्षाले समयमा काम गर्न नदिए पनि २८ दिनभित्र नयाँ बेलीब्रिज निर्माण गरी आजदेखि सवारी साधन सुचारु गरिएको महानिर्देशक ढकालले बताए । महानिर्देशक ढकाल दुई पटक बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । बेलीब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । बनाएको डाइभर्सनपनि दुई पटक बाढीले बगाएको थियो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्षातको समयलाई लक्षित गरी टास्कफोर्स निर्माण गरेको छ । भौतिक संरचना क्षति भएको ठाउँमा तत्काल पुनर्निर्माण थाल्न टास्क फोर्स बनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार