Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


    आइतबार, असार ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवासमा भोलि दिउँसो २ बजे उनीहरुलाई छलफलका लागि बोलाएका हुन् ।

    केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न उनीहरुलाई बोलाइएको बताइएको छ । देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई फेरि छलफल गर्ने तयारी समेत गरेको एक नेताले बताए ।

    गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार