Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीको भंगहामा रेल चल्यो, स्थानीय मख्ख


    आइतबार, असार ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । दुई दशकपछि नेपालको एकमात्र ब्रोडगेज रेल सेवा आज आइतबार महोत्तरीको भंगहासम्म पुगेको छ ।

    आजबाट भंगहा नगरपालिकामा पर्ने विजलपुरबाट भारत विहार राज्यको जयनगरसम्म रेल औपचारिक रुपमा संचालनमा आएको छ । रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरे । उनले हरियो झण्डा देखिएपछि रेल जयनगरका लागि छुट्यो ।

    दुई दशकअघि भारतमा शासन गरिरहेको तत्कालीन इष्ट इण्डिया कम्पनीले काठ ओसार्न भंगहासम्म न्यारोगेज रेल सञ्चालन गरेको थियो । तर बाढीले ट्रयाक बगाएपछि रेल जनकपुरधामदेखि जयनगरसम्म सीमित भयो । पछि न्यारोगेज पनि बन्द भयो ।

    त्यसपछि ब्रोडगेज रेल चलाउन भारतको सहयोगमा ट्याक र स्टेशनहरु पुनः निर्माण गरियो । भारतबाटै नेपाल सरकारले दुई थान रेल खरिद गर्यो । र, ०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि जयनगर-जनकपुरधाम-कुर्था (३५किलोमिटर) रेल सेवा सञ्चालनमा आयो ।

    दैनिक चार पटक जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा चल्दै आएको रेल आजबाट थप १७ किलोमिटर गरी अब ५२ किलोमिटर गुड्छ ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब बिजलपुरबाट विहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ । दैनिक ६ पटक रेल गुड्ने उनको भनाई छ ।

    अहिले एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । यस्तै आज फूलले सिंगारिएको रेल आएको देखेर भंगहावासी दंग परे । रेलमा सेल्फी लिनेहरुको भीड लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार