काठमाडौं । आउँदो साउन महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । असार मसान्तसम्म बैंकहरूले नेपाल बैंकर्स संघले गरेको सहमतिअनुसार ब्याजदर निर्धारण गरेका थिए । साउनदेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् ।
आधाभन्दा बढी बैंकहरूले आाफूले दिँदै आएको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याजदर बढाएका छन् ।
यो असारमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिएका छन् । यसलाई बढाएर एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि १०.९८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो ।
यस्तै, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले साउनदेखि मासिक १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । प्राइम कमर्सियल बैंकले तीन महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिनेछ ।
साउनदेखि नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ । यो बैंकले असारमा रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत दिँदै आएको ब्याजदर साउनदेखि बढाएर ११.४९ प्रतिशत पुर्याएको छ ।
कुमारी बैंकले पाँच वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक १०.०१ प्रतिशत ब्याज दिने जनाइएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि सबैभन्दा कम ब्याजदर दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक ८.९५ प्रतिशत ब्याज दिने जनाइएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend