Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधान दिवस बहिष्कार गर्ने जसपाको निर्णय


    शुक्रबार, असोज २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवस बहिष्कार गर्ने भएको छ । संविधानमा विभेदकारी प्रावधान राखिएको भन्दै जसपाले यस्तो निर्णय गरेको जनाएको छ । 

    संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै जसपाको भनाई छ। 

    सो दिन संविधानको विरोध गर्ने र विभेदकारी प्रावधान संसोधन दिन दबाब दिने जसपाले निर्णय गरेको छ। असोज ३ मा संविधान संशोधनका पक्षमा शान्तिपूर्ण विरोध गर्ने जसपाले जनाएको छ। 

    जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी भएको जसपाको ठहर छ। संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ।

    संविधानले मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने राजपा माग छ।

    119567721_811801562980987_8732025262779766728_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार